|
२०८३ श्रावण ५, मंगलवार १३:२५
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँट क्षेत्रमा मंगलबार गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागी भएपछि गाडीको ढोका खुल्न नसकेको र भित्र धुँवा भरिएकाले चालक समयमै बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै जलेको अवस्थामा फेला परेका हुन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानबाट चालकले आफूलाई सुरक्षित रूपमा बाहिर निकाल्न नसक्दा घटनास्थलमै मृत्यु भएको देखिएको छ।
प्रहरीले गाडीमा चालकबाहेक अन्य व्यक्ति थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। आगलागीको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्