बागमतीका पाँच पालिकामा जग्गाका लागि अन्तिमपटक (सूचनासहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ५, मंगलवार १४:१९

काठमाडौं । भूमि समस्या समाधान समितिले बागमती प्रदेशका रसुवाको गोसाइँकुण्ड गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तथा चितवनको इच्छाकामना गाउँपालिका सहित प्रदेशका पाँच स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापनका लागि ३५ दिनभित्र निवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ।


समितिले २०८३ साउन ४ गते अन्तिम पटक सूचना प्रकाशित गर्दै तोकिएको ढाँचाको फाराम भरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्थानीय तहले तोकेका स्थानमा खटिएका लगत संकलकमार्फत निवेदन बुझाउन आग्रह गरेको हो।


समितिका अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले सूचना जारी गरिएको हो। यसअघि दोस्रो पटक लगत संकलनको सूचना प्रकाशित भइसकेका स्थानीय तहका हकमा भने यही सूचना अन्तिम सूचना हुने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *