नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरो, ६ किसान घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ५, मंगलवार १७:२४

विदुर (नुवाकोट) – नुवाकोटको विदुर नगरपालिका–१२ चारघरे भट्टगाउँमा धान रोपाइँ गरिरहेका बेला अचानक पहिरो खस्दा ६ जना किसान घाइते भएका छन्। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मंगलबार रोपाइँमा व्यस्त रहेका किसानमाथि माथिबाट पहिरो खसेर खेत बगाउँदा उनीहरू पुरिएका थिए। गम्भीर घाइते भट्टलाई करिब ७–८ सय मिटर तल जंगलमा पुगेको पहिरोको बीचबाट स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरेका थिए।


उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको छ। अन्य पाँच जना सामान्य घाइतेको चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार पहिरो खस्न थालेको देखेपछि खेतमा काम गरिरहेका अधिकांश किसान भाग्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। लगातारको वर्षापछि पहिरोको जोखिम बढेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *