संस्थापन इतर पक्षको प्रज्ञा भवन कार्यक्रममा डा. शेखर कोइराला सहभागी हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ५, मंगलवार १७:३२

काठमाडौं । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको स्मृति सभामा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन्।


बुधबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा “संवाद, सहमति र एकता–आजको आवश्यकता” विषयक स्मृति सभामा डा. कोइराला सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।


यसअघि बिहान ९ बजे डा. कोइरालाले बसुन्धारास्थित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालमा आयोजित स्मृति सभा तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ।


बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसका विभिन्न पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन्। संस्थापन इतर पक्षको आयोजनामा हुने प्रज्ञा भवनको कार्यक्रममा डा. शेखर कोइरालाको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *