काठमाडौँ । मुलुकका दुई बामपन्थी दल फेरि नजिकिएका छन् । कुनै बेला एक अर्काको चर्को आलोचना गरेर नथाक्ने दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच फेरि सहकार्यको ढोका खुला भएको छ ।
मंगलबार नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएसँगै एमालेले बागमती प्रदेश सरकारबाट हात झिकेको छ । नेकपासँग सहकार्यको वातावरण बनेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । कांग्रेसका इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठित सरकारमा १४ जना मन्त्री छन् ।
एमालेबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीले मुख्यमन्त्रीलाई संयुक्त राजीनामा बुझाएको बागमती प्रदेशसभामा एमाले दलका नेता जगन्नाथ थपलियाले बताए ।
ुनेपालको संविधानको धारा १६८ को उपधारा ९२ बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागू हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट संयुक्त रूपमा राजीनामा दिएको हुँदा सोहि व्यहोरा अवगत गराउँदै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु, राजीनामा पत्रमा भनिएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्