काठमाडौं । चर्चित दोहोरी गायिका तथा कथावाचिकाले आफू धार्मिक क्षेत्रबाट विदा भएको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै वैदिक सनातन धर्म सबैको साझा आस्था भएकाले भगवान्को भक्ति गर्न सबैलाई समान अधिकार रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणामा उनले आफूले पैसा संकलनको माध्यम बनेका केही कार्यक्रमहरूमा मात्र कथा वाचन नगर्ने निर्णय गरेको स्पष्ट पार्दै त्यसलाई धार्मिक क्षेत्रबाट अलग भएको रूपमा व्याख्या नगर्न आग्रह गरेकी छन्।
उनले घरायसी पूजा, सत्संग, भजन–कीर्तन तथा आध्यात्मिक प्रवचनका कार्यक्रम भने निरन्तर सञ्चालन गर्ने बताएकी छन्। साथै, धर्मको नाममा गलत अभ्यास गर्ने केही आयोजक, कथा वाचक–वाचिका तथा धर्ममा एकाधिकार ठान्ने प्रवृत्तिको क्रमशः खुलासा गर्दै जाने चेतावनी पनि दिएकी छन्।
उनले भगवान्को कृपाले रोजेको सत्संगको मार्ग कसैको डर, धम्की वा दबाबले नछुट्ने उल्लेख गर्दै सनातन धर्म कसैको निजी सम्पत्ति नभई सबैको साझा आस्थाको विषय भएको धारणा व्यक्त गरेकी छन्।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्