नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ७, बिहीबार १४:०९

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।


केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई बिहीबार काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाललाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दिपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको हो।


उक्त मुद्दा जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा दायर गरिएको थियो। त्यसबेला रिमाल फरार रहेकाले फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको थियो।


पक्राउपछि रिमाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *