|
२०८३ श्रावण ८, शुक्रबार ११:०१
काठमाडौं, साउन — धादिङको सिद्धलेक गाउँपालिका–३ डोमिडाँडामा मकैबारीमा अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ।
स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा बिहीबार साँझ करिब ६:३० बजे अचेत अवस्थामा भेटिएकी स्थानीय कुम्भकुमारी श्रेष्ठलाई घरमा ल्याइएलगत्तै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्