नुवाकोटमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, ६७ हजार रुपैयाँ बरामद

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ८, शुक्रबार १९:४७

नुवाकोट, साउन ९ – नुवाकोटको सूर्यगढी गाउँपालिका–५ फेदीबेशीबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ परेकाहरूबाट नगद ६७ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
पक्राउ पर्नेमा सूर्यगढी गाउँपालिका–५ फेदीबेशीका हिरा बहादुर तामाङ, मोहन अधिकारी, रामकृष्ण बस्नेत, सुदनजंग खाती, कृष्ण बहादुर थापा र रामचन्द्र बोगटी रहेका छन्।


प्रहरीले विशेष सूचनाका आधारमा जुवाको खालमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *