|
२०८३ श्रावण १०, आईतवार ०९:०७
काठमाडौं । प्रदेश सरकारको आगामी राजनीतिक अवस्थाबारे रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका मुख्यमन्त्री र प्रदेश सभापतिहरूसँग छलफल गर्ने भएका छन्।
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार सञ्चालनका विषयमा सहमति बनेपछि त्यसको प्रभाव र कांग्रेसको भावी भूमिका तय गर्न आइतबार बिहान साढे ९ बजे बैठक बोलाइएको हो।
बैठकमा सभापति थापासँगै उपसभापति विश्वप्रकाश शर्माको पनि सहभागिता रहने जनाइएको छ। प्रदेश सरकारमा कांग्रेसको भूमिका, सम्भावित राजनीतिक समीकरण तथा आगामी रणनीतिबारे बैठकमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
एमाले–माओवादीबीचको नयाँ सहमतिपछि बदलिएको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसले आफ्नो धारणा स्पष्ट पार्ने तयारीस्वरूप यो बैठक आयोजना गरिएको पार्टी स्रोतले जनाएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्