ओली–प्रचण्डको ३ बुँदे सहमतिप्रति माधव नेपालको असन्तुष्टि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १०, आईतवार १६:२५

काठमाडौं । प्रदेश सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको ३ बुँदे समझदारीप्रति नेकपाका सहसंयोजक माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।


शनिबार भएको समझदारीअनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने तथा नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो। तर, सहसंयोजक नेपालले उक्त सहमति सत्ता बाँडफाँडमा मात्र केन्द्रित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।


नेपाल निकट एक नेताका अनुसार सहमति अघि पर्याप्त गृहकार्य नभएको र नीति तथा कार्यक्रमभन्दा सत्ता साझेदारीलाई प्राथमिकता दिइएको भन्दै नेपालले असन्तुष्टि जनाएका छन्। उनका अनुसार वामपन्थी शक्तिबीच कार्यगत एकता र दीर्घकालीन वाम एकताको आधार तयार गर्ने गरी सहमति हुनुपर्ने धारणा नेपालको रहेको छ।


नेपाल निकट नेता रामकुमार भट्टराईले एमाले–नेकपाले संयुक्त सरकार गठनपछि जनताका लागि प्राथमिकताका कार्यक्रम, नवीन योजना र साझा कार्यदिशा सार्वजनिक गरेको भए सहमति अझ परिपक्व हुने बताए।


शनिबार ओली–प्रचण्डबीच भएको सहमतिका क्रममा सहसंयोजक माधव नेपाल भने उपस्थित थिएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *