प्रश्न सोध्ने मतदातामाथि रास्वपा सांसद खनालको धम्कीपूर्ण अभिव्यक्तिकाे भिडियोपछि बढ्याे विवाद

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ११, सोमबार १६:१७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको आफ्नै मतदातासँग आक्रोशित शैलीमा प्रस्तुत भएको भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर व्यापक चर्चा र आलोचना सुरु भएको छ।


कैलालीस्थित लम्कीचुहा अस्पतालसँग सम्बन्धित विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने एक व्यक्तिलाई लक्षित गर्दै कडा र धम्कीपूर्ण भाषा प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।


भिडियोमा उनले औंला ठड्याउँदै, “कसले भन्यो, प्रमाण छ? समातेर हाल्छु, अनि थाहा हुन्छ,” भन्ने अभिव्यक्ति दिएका सुनिन्छ। त्यसैगरी, “यस्ता मान्छेलाई सदस्य बनाइएको छ, अनाधिकृत रूपमा बोल्न मिल्छ? कसले फोन गर्‍यो? प्रमाण छ?” भन्दै प्रश्नकर्तामाथि आक्रोश पोखेको दृश्य देखिन्छ।


सार्वजनिक भएको उक्त भिडियोपछि सांसद खनालको व्यवहारप्रति सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। धेरैले जनप्रतिनिधिले मतदातासँग संयमित र जिम्मेवार व्यवहार गर्नुपर्ने भन्दै उनको अभिव्यक्तिको आलोचना गरेका छन्। हालसम्म यस विषयमा सांसद खनाल वा रास्वपाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *