नुवाकोट । नेपाल ब्युटिसियन श्रमिक संघ, नुवाकोटले जिल्लाभरका सौन्दर्यकर्मीलाई एउटै छातामुनि संगठित गर्दै २२ सदस्यीय जिल्ला समिति गठन गरेको छ। ‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नारासहित आयोजित सेमिनारले ब्युटिसियन व्यवसायमा आबद्ध श्रमिकहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा अधिकार संरक्षणका विषयमा छलफल गर्दै नयाँ समिति चयन गरेको हो।
भेलाबाट सुजना दुलाल अध्यक्षमा चयन भएकी छन्। त्यसैगरी सरिता पाण्डे र सुजना तामाङ उपाध्यक्ष, शर्मिला कुमाल सचिव, चन्द्रा तामाङ सहसचिव तथा सरस्वती अधिकारी कोषाध्यक्षमा निर्वाचित भएका छन्। सदस्यमा चन्द्रा तामाङ, सविना गुरुङ, लक्ष्मी उप्रेती, अनिता विक र संगीता लामिछाने चयन भएका छन् भने बाँकी सात सदस्य मनोनयनमार्फत चयन गरिने जनाइएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले ब्युटिसियन पेशालाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सौन्दर्यकर्मीहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सिपमूलक व्यवसायलाई आत्मनिर्भरताको आधारका रूपमा स्थापित गर्दै श्रमिकहरूको अधिकार, सामाजिक सुरक्षा र पेशागत संरक्षणका लागि संघले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित समितिले जिल्लाभरका सौन्दर्यकर्मीलाई संगठित गर्दै उनीहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र संरक्षणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्