काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठतर्फ संकेत गर्दै सल्लाहकारको धेरै नियुक्ति गर्ने प्रवृत्तिमाथि कटाक्ष गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले राज्यको अनावश्यक व्ययभार बढ्ने गरी सल्लाहकार नियुक्ति गरिनु उचित नभएको धारणा व्यक्त गरे।
उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार राखिएको चर्चा चलिरहेको उल्लेख गर्दै आफूले भने एक जना मात्रै सल्लाहकार नियुक्त गरेको बताए।
‘तपाईंहरूले सुनिरहनुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार राखियो रे, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार राखिएको छ रे। तर, मैले एक जना मात्र सल्लाहकार राखेको छु। त्यो पनि राजस्व परामर्श सल्लाहकार हो,’ मन्त्री वाग्लेले भने, ‘यसबाट मैले राजस्वको विषयलाई कति महत्त्व दिएको छु भन्ने कुरा बुझ्न सक्नुहुन्छ।’
उनको भनाइलाई प्रधानमन्त्री र ऊर्जा मन्त्रीको सल्लाहकार नियुक्तिको विषयलाई लिएर गरिएको घुमाउरो टिप्पणीका रूपमा हेरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्