जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा फेला परेको शवको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धनुषाले आग्रह गरेको छ।
प्रहरीका अनुसार साउन १५ गते राति करिब ९ बजेको समयमा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको थियो। मृतक करिब ४० वर्षीय रहेको र मन्दिरका पुजारी नभई घुमफिर गर्ने व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै कुकुरसहितको अनुसन्धान टोली खटाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मन्दिरमा बाहिरबाट कामकाज गरी सुन आउने व्यक्ति भएको र घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएकाले यसलाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई धार्मिक विवादको विषय नबनाई शान्ति कायम गर्न सहयोग गर्न सम्पूर्ण नागरिकमा अपिल गरेको छ। साथै, अपराधी जो–जुकै भए पनि कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता प्रहरीले जनाएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्