कांग्रेस संस्थापनइतर समूहद्वारा शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १६, शनिबार १४:४८


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।

शनिबार (साउन १६) चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रिय भेलालाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसँगै विभिन्न १६ वटा विषयगत तथा व्यवस्थापकीय उपसमितिको समेत घोषणा गरिएको हो।


नेता मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला सभापति, काठमाडौं उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी तथा महानगर र नगर सभापतिहरूलाई समेटिएको छ।


यस्तै, संघीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि पदेन सदस्यका रूपमा मूल आयोजक समितिमा राखिएको छ।


भेलालाई नीतिगत तथा व्यवस्थापकीय रूपमा सफल बनाउन राजनीतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी, विधान संशोधन मस्यौदा, आर्थिक नीति तयारी, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति–सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनलगायत १६ वटा समिति गठन गरिएको समूहले जनाएको छ।


संस्थापनइतर समूहले राष्ट्रिय भेलामार्फत पार्टीभित्र संगठन सुदृढीकरण, नीतिगत बहस र भावी रणनीति तय गर्ने उद्देश्य राखेको जनाएको छ।यसैबीच पत्रकार सम्मेलनमा सहभागि नभएका डा शेखर काेइरालाले आफ्नो पनि समर्थन रहेकाे जनाउनु भएको डा शंशाक काेइरालाले पत्रकारहरुलाइ जानकारी दिनुभएको ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *