दुप्चेश्वरका विद्यालयमा आइतबारकाे बिदा कायम

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १६, शनिबार १८:३२


नुवाकोट, साउन १६ – दुप्चेश्वर गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।


गाउँ कार्यपालिकाको साउन १५ गते बसेको बैठकको निर्णयअनुसार यसअघि गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ।


पत्रमा संघीय सरकारबाट विद्यालय सञ्चालनसम्बन्धी फरक निर्णय भएमा सोहीअनुसार कार्यान्वयन गरिने उल्लेख गर्दै हालका लागि गाउँपालिकाभित्रका विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा कायम रहने स्पष्ट गरिएको छ।


साथै, पाठ्यभार व्यवस्थापन तथा अन्य शैक्षिक गतिविधि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिपत्रअनुसार सञ्चालन गर्न पनि विद्यालयहरूलाई गाउँपालिकाले निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *