विदुर । नुवाकोट जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्दै आएका कम्पनीहरुले यात्रुहरुसँग मनोमानी रुपमा भाडा अससुल्ने गरेको भन्दै जनगुनासो बढेको छ । जिल्लामा सञ्चालित यातायत कम्पनीले नेपाल सरकारले तोकेको भाडा भन्दा २० देखि ३० प्रतिशत भाडा बढि लिने गरेको भन्दै ब्यापक रुपमा जनगुनासो प्राप्त भएको छ । एक यात्रुले टिकटसहित जिल्लामा सञ्चालित यातायत कम्पनीले नुवाकोट –काठमाडौंको भाडा ५५० लिदै आएको बताएका छन् ।
यस्तै काठमाडौंदेखि बेलकोटगढीको रातमाटेसम्मको सरकारी भाडादर २६३ रहेको तर एसी बसले ४५० सम्म असुल गरेका छन् । पेट्रोलियम पदार्थको मुल्यवृद्धिपछि २० प्रतिशत समायोजन गर्दै साधारणको ३१५ र एसीका लागि ३५०सम्म लिन सकिने दररेट कायम गरिएको छ । तर यात्रुसँग ४५० रुपयाँ लिएको छ, । टिकट काटेर नै यसरी भाडा असुल गरिएपछि यात्रुहरुमात्रै होइन स्थानीय तहबाट समेत आवाज उठ्न थालेको छ । यस्तै स्थानीयहरुले लोकल रुपमा चल्ने गाडीहरुमा समेत मनलाग्दी भाडा असुल गरेको भन्दै गुनासो गरेका छन् ।
यस विषयमा नमस्ते यातायात प्रा.लिका अध्यक्ष कुलबहादुर खड्गीले भने महादेवफाँटसम्मको फाडा ३१५ देखि ३५० समम मात्रै भएको भन्दै बढी भाडा असुलेको भए त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । साथै अध्यक्ष खड्कीले काठमाडौं महादेवफाँटको भाडाका विषयमा आफुले बुझ्दा कर्मचारीले कम्पनीलाई जानकारी नदिई काटेको र उक्त रकम फिर्ता दिने प्रतिवद्धता जनाउनु भएको छ ।
काठमाडौंबाट नुवाकोट र रसुवा जिल्लामा विभिन्न ५ कम्पनीले यातायात सञ्चालन गर्दै आएका छन् ।
जिल्लाको सबैभन्दा पुरानो यातायात कम्पनी नमस्ते पासाड.ल्हामु यातायात कम्पनी हो ।उक्त कमपनीका ३ सय भन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । यस्तै टिमुरे यातायात प्रा.लि, त्रिशूली यातायात प्रा.लि र नेपाल माइक्रो कम्पनीमार्फत यातायात सञ्चालन हुँदै आएका छन् । जिल्लामा धेरै जस्तो ईभी मात्रै सञ्चालन हूँदै आएको छ । ग्रामिण भेगमा बस सञ्चालन भएपनि सदरमुकाम तथा कालोपत्रे भएका सडकहरुमा भने ईभी गाडी चल्दै आएका छन् । चार कम्पनीका झण्डै ५ सय ५० भन्दा धेरै सार्वजनिक सवारीसाधन सञ्चालित छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्