सरकारी कर्मचारीको नयाँ तलब सार्वजनिक, कसको कति ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २१, बिहीबार १४:५३

काठमाडौं : सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ।  मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को लागि बजेटमार्फत गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरूको नयाँ तलबमान र सुविधा स्वीकृत गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

नयाँ तलबमान अनुसार मुख्यसचिव र प्रधानसेनापतिको तलब समान ९० हजार ५ सय ९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको सुरु तलबमान ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा ग्रेड वृद्धि पश्चात् कुल तलब ९० हजार ५ सय ९४ पुगेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक, सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ।

नयाँ तलब अनुसार सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको तलब २८ हजार ९ सय ८४ रुपैयाँ रहेको छ। श्रेणीविहीन कर्मचारीहरू (हल्कारा, हुलाकी, कार्यालय सहयोगी) को सुरु तलबमान २७ हजार १ सय ७२ रुपैयाँ रहेकोमा ग्रेड थप भएपछि कुल २८ हजार ९ सय ८४ रुपैयाँ पुगेको छ।

बजेट भाषणमा कर्मचारीको २१ प्रतिशत वृद्धि तलब बढाएको थियो।  बजेट वक्तव्यमा भनिएको छ,  ‘कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिदैं शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु। कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरुवात गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेड सहित न्यूनतम् पारिश्रमिक करिब रू. ४० हजार देखि रु. १ लाखमाथि कायम हुनेछ।’

हेर्नुहोस् कसको तलब कति ?

https://drive.google.com/file/d/1VPJ9rs2vk-F0SeMQ3vm3fgnlFWfUsiHY/preview

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *