काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकन प्रक्रिया अघि बढाउने अनुमति दिएको छ। यससँगै यसअघि टुंगिएको मानिएको विवाद फेरि न्यायिक परीक्षणमा प्रवेश गर्ने भएको छ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पुनरावलोकनका लागि ‘निस्सा’ प्रदान गर्ने आदेश दिएको हो।
अदालतको उक्त आदेशसँगै कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको फाइल पुनः खुल्ने भएको छ र अब यस विषयमा विस्तृत सुनुवाइ हुनेछ।
यसअघि सर्वोच्च अदालतले निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई पार्टीको आधिकारिक पक्षका रूपमा मान्यता दिने निर्णयलाई सदर गरेको थियो। पुनरावलोकनको अनुमति दिएपछि अब उक्त फैसला पुनः कानुनी परीक्षणको दायरामा आउने भएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्