काठमाडौँ। देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहँदा बागमती प्रदेशमा पनि मौसम बदलीसँगै वर्षाको सम्भावना बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार बागमती प्रदेशसहित देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। बागमती प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। भारी वर्षाका कारण सडक तथा यातायात प्रभावित हुनुका साथै नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको छ।
यस्तै, देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्