ढकाल केन्द्रीय सदस्यमा मनोनित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २५, सोमबार ०८:५८


काठमाडौं । गत वर्ष निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका रसुवाबाट २०७० सालमा निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एमाले) का पूर्वजिल्ला अध्यक्ष जनार्दन ढकाललाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

साउन २४, कांग्रेस केन्द्रीय समिति बैठकले ढकाललाई केन्द्रीय सदस्यमा नियुक्त गरेको हो। बैठकले अनिलकुमार झा र ममता शर्मालाई पनि केन्द्रीय सदस्यमा नमेनित गरिएको छ । ढकाल २०७० सालको संविधानसभा निर्वाचनमा रसुवा जिल्लाबाट निर्वाचित भएका थिए।

उनी यसअघि नेकपा एमालेको रसुवा जिल्ला अध्यक्ष थिए, तर असन्तुष्टिका कारण उनले पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यता समेत त्यागेका थिए। फागुन २०८२ मा एमाले त्यागेर औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गरेको केही समयपछि उनलाई कांग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरिएको छ । रसुवामा उनीसँगै अर्का नेता मोहन आचार्य प्रतिनिधिसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *