कांग्रेस संस्थापनइतरले भेलाका लागि बोलायो १४ औं महाधिवेशनबाट निर्वाचित सबै तहलाई

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २५, सोमबार १३:४०


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलामा सहभागिताका लागि पार्टीका सबै तहका पदाधिकारीलाई बोलाएको छ ।

पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा आयोजना हुन लागेको भेलाका लागि पार्टीको केन्द्रीय समितिमा रहेका सदस्यसहित १४ ओं महाधिवेशनबाट निर्वाचित प्रदेश सभापतिसहित गाउँरनगर सभापति, महाधिवेशन, महासमिति सदस्य, प्रतिनिधि सभारप्रदेश सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री, पूर्वपदाधिकारीलाई सहभागी हुन कोइरालाले भनेका छन्। भेलालाई पार्टीका पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताइएको छ । यस्तै बन्दसर्तका लागि करिब ३ हजार प्रतिनिधिका लागि बन्दोबस्त गरिएको छ ।

पहिलो दिन उद्घाटन कमलादीस्थित प्रज्ञा भवनमा गर्ने भनिएको छ । तर ठाउँ अपुग हुने भन्दै अन्यत्र सार्ने विषयमा समेत छलफल भैरहेको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । भेलामा सहभागिताका लागि जिल्ला जिल्लामा इतरपक्षले बैठक तथा छलफल आयोजना गरिरहेका छन् । यस्तै तरुण युवाहरुले समेत भेला सफल बनाउन आआफ्नो कमिटिलाई परिचालन गर्ने तयारी गरेका छन् ।

इतरपक्षले सबैलाई बोलाएको भएपनि सभापति गगन तथा उपसभापति विश्वप्रकाश शर्मा निकट नेताहरु भने सहभागि नहुने बताइएको छ । भेलामा डां शेखर कोइराला सहभागि हुने वा नहुने भन्ने विषय अन्योलतामा रहेको बुझिन्छ । यद्यपी इतरपक्षले भने कोइरालाको पनि सहभागिता रहने दावी गर्दै आएको छ

भिडियो लिंक तल हेर्नुहोस्

।https://www.facebook.com/profile.php?id=100064186505669

https://www.facebook.com/reel/1578240643758824

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *