कांग्रेस इतर समूहद्वारा महाधिवेशनका गतिविधि रोक्न निर्वाचन आयोग र पार्टी कार्यालयलाई पत्र(पत्रसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २६, मंगलवार १५:३८



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशनसम्बन्धी गतिविधि तत्काल अघि नबढाउन आग्रह गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएको छ।
इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालयलाई पत्राचार गरेका हुन्।


सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि अनुमति दिएको विषयलाई आधार बनाउँदै पार्टीका सांगठनिक गतिविधि स्थगित गर्न माग गरिएको हो।
इतर समूहले पठाएको पत्रमा कांग्रेसको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल रोक्न आग्रह गरिएको छ।


त्यस्तै, सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत, राजनीतिक, सांगठनिक तथा आर्थिक निर्णय नगर्न पनि आग्रह गरिएको छ।


सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म कांग्रेसका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा कायम राख्नुपर्ने इतर समूहको माग छ। साथै, अदालतको गरिमा र कानुनी प्रक्रियाको सम्मान गर्दै त्यसलाई पूर्ण सहयोग गर्न पनि आग्रह गरिएको छ।


सर्वोच्च अदालतले गत २१ साउनमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दा पुनरावलोकनका लागि अनुमति दिएको थियो। उक्त आदेशसँगै कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइको प्रक्रियामा जाने भएको छ।

यस्ता छन् पत्रहरू 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *