नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि राष्ट्रिय भेला गर्दैछ।
काठमाडौं । काठमाडौंको सुकेधारा मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे राष्ट्रिय भेलाको उद्घाटन हुनेछ।भेलाको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्।देउवा बिहीबार मात्रै हङकङबाट ५ महिनापछि नेपाल फर्किएका थिए। उनलाई बिहीबार नै काठमाडौंस्थित चुनदेवी सम्पर्क कार्यालयमा लगिएको थियो। त्यहाँ देउवाका लागि बेग्लै कोठा तय गरिएको छ।कोठाअघि शेरबहादुर देउवा, सभापति लेखिएको बोर्ड राखिएको छ। त्यही कोठामा बसेर देउवाले नेताहरूसँग पनि छलफल गरेका थिए।इतर पक्षले सातै प्रदेशहरूमा भेला सकेर राष्ट्रिय भेला गर्न लागेको हो।
भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी हुनेछन्।
भेला साउन साउन ३१ गतेसम्म चल्नेछ।विशेष महाधिवेशनविरूद्ध देउवा र नेता पूर्णबहादुर खड्काले पुनरवलोकन गर्न माग गरेकोमा हालै सर्वोच्च अदालतले अनुमति दिएको छ। अदालतले निस्सा दिएसँगै कांग्रेस विवाद फेरि सतहमा आएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्