कांग्रेस संस्थापनइतर समूह महाधिवेशन रोक्न अदालत जाने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ४, बिहीबार १६:०५



४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।


महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापनइतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय गरेको हो।
संस्थापनइतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गरिनेछ। उनले जतिसक्दो चाँडो अदालत जाने निर्णय भएको जानकारी दिए।


पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने संस्थापनइतर समूहको दाबी छ।


तर, नेपाली कांग्रेसले भने महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार कांग्रेसको वडा अधिवेशन २४ भदौमा हुने तय भएको छ।


कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *