नुवाकोट — विदुर नगरपालिकाले त्रिशूली अस्पताल नुवाकोटलाई एक सय थान ‘न्यानो झोला’ प्रदान गरेको छ। विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष अञ्जली पाण्डे र अस्पतालका निर्देशक डा. राजेन्द्र लामालाई उक्त न्यानो झोला हस्तान्तरण गर्नुभएको हो।
विदुर नगरपालिकाले अस्पताललाई हरेक वर्ष विभिन्न स्वास्थ्य सामग्री तथा सहायता उपलब्ध गराउँदै आएको छ। सोही क्रममा चालु आर्थिक वर्षमा पनि नगरपालिकाले थप एक सय थान न्यानो झोला उपलब्ध गराएको हो।
अस्पतालमा सुत्केरी हुने आमाहरूलाई वितरण गरिने न्यानो झोलामा नवजात शिशुका लागि दुई थान नरम फलाटिनको झोला, दुई थान भोटो, प्लास्टिक र फलाटिन कपडा प्रयोग गरिएको दुई थान र्यापरसहितको दौरा तथा सुत्केरी आमाले लगाउने गाउन समावेश गरिएको छ।
न्यानो झोला हस्तान्तरण कार्यक्रममा विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीको समेत उपस्थिति रहेको थियो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्