|
२०८३ भाद्र ९, मंगलवार १४:५९
काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको पुष्टि भएपछि सो दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा मोहम्मद जयन्तीका अवसरमा सम्बन्धित धर्मावलम्बीलाई मात्र बिदा दिइने जानकारी गराइएको छ।
मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा हार्दिक शुभकामनासमेत व्यक्त गरेको छ।
सरकारले २०८३ सालको सार्वजनिक बिदासम्बन्धी व्यवस्थामै मोहम्मद जयन्तीका दिन सम्बन्धित धर्मावलम्बीका लागि बिदा दिने व्यवस्था गरेको थियो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्