चिनियाँ क्षेत्रबाट अकास्मात् आयो ठूलो बाढी, त्रिशूलीका धेरै पुल बगायो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १०, बुधबार १०:२२

रसुवामा चिनियाँ क्षेत्रबाट अकास्मात बाढी आएको छ।  भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा रसुवादेखि त्रिशूली नदीका अधिकांश पुलहरु सबै बगाएको छ । टिमुरे भन्सार कार्यालय  र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।  

‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ। गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ,’ उनले भने। 

भन्सार विभागका महानिर्देशक खेमलाल भुसालले टिमुरे क्षेत्रमा बाढी आएको भनेर त्यहाँका कर्मचारीले बिहान ८ बजे खबर गरेको बताए। 

‘अरू के के भयो भन्ने कुरा आएको छैन। साथीहरु कति हुनुहुन्छ भन्ने मै छौं हामी। ६/७ जना सम्पर्कमा हुनुहुन्छ। अरू फोन पनि लागेको छैन,’ उनले भने।  सहायक सिडियो अधिकारीले तल्लो तटीय क्षेत्रमा पनि खबर गरिसकेको बताए। ‘नुवाकोट र धादिङलाई पनि खबर गरिदिएको छु। बाढी चाहिँ अकल्पनीय छ। ठूलो छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *