त्रिशूली बाढीपछि नुवाकोटमा अत्यावश्यक बाहेकका सरकारी सेवा स्थगित(सूचनासहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ११, बिहीबार १०:३५


नुवाकोट । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक बाहेकका अन्य सरकारी सेवा स्थगित गरेको छ।


जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गर्दै कार्यालयका कर्मचारीहरू विपद् व्यवस्थापनमा खटिनुपर्ने अवस्था रहेकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।


कार्यालयले बाढीबाट ठूलो मात्रामा जनधनको क्षति भएको दुःखद परिस्थितिमा कर्मचारीहरू विपद् व्यवस्थापन तथा उद्धार कार्यमा खटिनुपर्ने भएकाले नियमित सेवा प्रवाह प्रभावित भएको जनाएको छ।


सेवा स्थगित हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना गरेको छ। त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटसहित रसुवा र धादिङका विभिन्न क्षेत्रमा सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा समेत ठूलो क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *