रसुवाको बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ११, बिहीबार १३:२८


रसुवाको बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविह
रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का रसुवा जिल्लास्थित विभिन्न शाखामा कार्यरत ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।


बैंकले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार २०८३ भदौ १० गते बिहान करिब ८ः४० बजे रसुवा जिल्लाको टिमुरे आसपासका क्षेत्रमा आएको विशाल बाढीका कारण टिमुरे शाखा, स्याफ्रुबेँसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन सकेको छैन।


सम्पर्कविहीन हुनेमा स्याफ्रुबेँसी शाखाका शिवप्रसाद लम्साल, जितमान घले, पेमा दावा लोप्चान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का, टिमुरे शाखाकी डोल्मा लामा तथा मैलुङ एक्सटेन्सन काउन्टरका मुकेश खड्का रहेका छन्।
बैंकले उनीहरूलाई कसैले देखेमा, भेटेमा वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेमा तत्काल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।


भोटेकोशीमा आएको बाढीका कारण रसुवाका बैंक तथा वित्तीय संस्थाका शाखाहरूमा समेत ठूलो क्षति पुगेको छ। नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न वाणिज्य बैंकका ९ शाखामा क्षति पुगेको प्रारम्भिक विवरण छ भने २६ जना कर्मचारीसँग सम्पर्क हुन नसकेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *