काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समेट्ने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले छलफल गरेका छन्।
देउवा निवासमा अनौपचारिक छलफल भएको नेता प्रकाशशरण महतले जानकारी दिए। पार्टीको निर्णयपछि आफ्नो समूहको धारणा सार्वजनिक गर्न आज अपराह्न ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए।
कांग्रेसको हिजो बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशनमा सहभागी हुने निवर्तमान केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो। कांग्रेसको वडा अधिवेशन ३ र ४ गते हुँदैछ।
बैठकले पार्टीका सबै नेता–कार्यकर्तालाई महाधिवेशनमा सहभागी हुन आह्वानसमेत गरेको थियो।
पार्टीको निर्णयप्रति तत्कालीन पूर्णबहादुर खड्का निकट नेताहरू सकारात्मक देखिँदै महाधिवेशनमा सहभागी हुनेतर्फ अघि बढेपछि देउवा समूह थप दबाबमा परेको बताइएको छ। स्राेतका अनुसार देउवा समुह महाधिवेशनमा सहभागि नहुने निर्णय गरेकाे बुझिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्