नुवाकोटमा देउवा पक्षको संयोजकमा श्रीराम श्रेष्ठ,रसुवामा उपेन्द्र लम्साल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ८, बिहीबार ११:०६

नुवाकोट । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै नुवाकोटको संयोजकमा जिल्ला सचिव श्रीराम श्रेष्ठ ररसुवाको संयाेजमा उप्रेन्द्र लम्साल लाई जिम्मेवारी दिएको छ।

देउवा पक्षले देशभरका ५५ जिल्लामा संयोजक तोक्ने क्रममा नुवाकोटको जिम्मेवारी श्रेष्ठलाई दिएको हो। श्रेष्ठ नेपाली कांग्रेस नुवाकोटको जिल्ला सचिवसमेत हुन्। जिल्ला समितिमा पदाधिकारीका रूपमा उनको वरिष्ठता र पार्टी संगठनमा लामो समयदेखि सक्रिय भूमिकालाई समेत आधार बनाएर उनलाई संयोजकको जिम्मेवारी दिइएको कांग्रेस स्रोतले जनाएको छ।

हालैको जिल्ला समितिका पदाधिकारीमध्ये सचिव श्रेष्ठसँगै सहसचिव उत्तम पाठक, कोषाध्यक्ष प्रल्हाद पन्थ र प्रवक्ता नारायण अधिकारी रहेका छन्। श्रेष्ठलाई देउवा पक्षले जिल्ला संयोजकको जिम्मेवारी दिइएको हाे। रसुवाका संयाेजक लम्साल रसुवाका प्रभावशाली नेता तथा कांग्रेस बागमतीका सदस्य हुन । उनी उत्तरगया गाउँ पालिकाका पूर्व अध्यक्ष हुन ।

देउवा समूहले समानान्तर महाधिवेशनका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ। कोइरालाले नै जिल्ला संयोजकहरूलाई पत्र दिइरहेका छन्।

समूहले यही असोज १५ गते वडा अधिवेशन गर्ने र आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। नेता एनपी साउदका अनुसार देउवा समूहले हालसम्म ५५ जिल्लामा संयोजक तोकेको छ।

बागमती प्रदेशका ११ जिल्लामध्ये नुवाकोटमा श्रीराम श्रेष्ठलाई संयोजक तोकिएको हो। त्यस्तै दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, धादिङमा गोपाल बिक, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजकको जिम्मेवारी दिइएको छ।

देउवा पक्षले कोशी प्रदेशका आठ, बागमतीका ११, गण्डकीका आठ, लुम्बिनीका १२, कर्णालीका आठ र सुदूरपश्चिमका आठ जिल्लामा संयोजक तोकेको जनाएको छ। मधेस प्रदेशमा भने हालसम्म कुनै जिल्लामा संयोजक तोकिएको छैन।

संयोजकहरूले सम्बन्धित जिल्लामा देउवा पक्षबाट गर्नुपर्ने संगठनात्मक तथा अधिवेशनसम्बन्धी आवश्यक काम अघि बढाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *