नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विदुर नगर कार्यसमितिको सभापति पदका लागि तारा बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन्।
राजनीति पद प्राप्त गर्ने माध्यम मात्र नभई जनताको विश्वास र जिम्मेवारी वहन गर्ने क्षेत्र भएको उल्लेख गर्दै कार्कीले कार्यकर्ताको सुख–दुःखमा साथ दिने नेतृत्व आवश्यक रहेको बताएका छन्।
कार्कीले आफूले २०४९ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको र तत्कालीन भद्रुटार गाविसको कांग्रेस इकाइ सभापतिको जिम्मेवारीसमेत सम्हालेको अनुभवका आधारमा नगर सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
उद्योग व्यवसाय क्षेत्रमा समेत सक्रिय कार्की उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य हुन्। उनी नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।
उम्मेदवारी घोषणा गर्दै कार्कीले अग्रज नेता, क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण कांग्रेसजनको सहयोग र समर्थनको अपेक्षा गरेकाे जनाएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्