नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा युवा नेता शेरबहादुर गुरुङले क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। गुरुङ क्षेत्रीय सभापतिका उम्मेदवार सिंगराज लामाको समूहबाट सदस्य पदमा चुनावी मैदानमा उत्रिएका हुन्।
युवामाझ लोकप्रिय तथा संगठनमा सक्रिय गुरुङले क्षेत्रीय प्रतिनिधिहरूसँगको भेटघाटलाई तीव्र बनाउँदै आफ्नो पक्षमा मत मागिरहेका छन्। उनले संगठनलाई थप सुदृढ बनाउँदै नयाँ ऊर्जा र सक्रियताका साथ अघि बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गुरुङले आफूलाई अमूल्य मत प्रदान गरी भारी मतका साथ विजयी गराउन अपिल गरेका छन्।
उनले भनेका छन्, “संगठनको सुदृढीकरण र नयाँ ऊर्जासहितको नेतृत्वका लागि तपाईंहरूको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गरेको छु। तपाईंको मत, मेरो जिम्मेवारी हुनेछ।”
सिंगराज लामाको समूहबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारीले क्षेत्र नं. २ को निर्वाचनमा युवापुस्ताको सक्रियता र प्रतिनिधिहरूको आकर्षण थप बढाएको देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्