कांग्रेसको १५औँ महाधिवेशनमा प्रल्हाद दाहालको उम्मेदवारी, युवा नेतृत्वको पक्षमा अघि बढ्ने प्रतिबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १६, शुक्रबार १०:०१

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधि पदमा प्रल्हाद दाहालले उम्मेदवारी दिएका छन् ।


नेपाली कांग्रेसका स्वर्गीय नेता बद्रीप्रसाद दाहालका ज्येष्ठ सुपुत्र प्रल्हाद दाहाल विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनले नेपाल विद्यार्थी संघको जिल्ला सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।


पारिवारिक रूपमा कांग्रेसको राजनीतिक विरासत बोकेका दाहालले पार्टी संगठनसँगै स्वास्थ्य क्षेत्रमा समेत लामो समयको अनुभव हासिल गरेका छन्। स्थानीयस्तरमा कार्यकर्ता तथा जनतासँगको सम्बन्ध र सामाजिक क्षेत्रमा सक्रियताका कारण उनको जनस्तरमा समेत राम्रो प्रभाव रहेको समर्थकहरूको भनाइ छ।


१५औँ महाधिवेशनलाई पार्टीमा नयाँ पुस्ताको भावना, आवश्यकता र अपेक्षालाई नेतृत्व तहसम्म पुर्‍याउने अवसरका रूपमा लिएको दाहालले बताएका छन्। युवाको आवाजलाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरण, पार्टीप्रतिको जनविश्वास अभिवृद्धि तथा कांग्रेसको विचार र सिद्धान्तलाई नयाँ पुस्तासम्म पुर्‍याउन भूमिका खेल्ने उनको प्रतिबद्धता छ।


दाहालले युवा आवाज र युवा भावनाअनुसार पार्टीभित्र सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोग र समर्थनको आग्रह गरेका छन्।


उनको आफ्नो समेत ‘युवा आवाज र युवा भावनाको नेतृत्व’ भन्ने नारालाई प्रमुखताका साथ अघि सारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *