सूर्यगढी–३ मा संस्थापन पक्षलाई चूनौती दिँदै देउवा पक्षको वडा अधिवेशन सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १६, शुक्रबार १५:०२

नुवाकोट पुकार समाचारादाता
नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोटको सूर्यगढी गाउँपालिका–३ मा पूर्वसभापति शेरबहादुर देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेको छ । क्रियाशील सदस्यहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न अधिवेशनले सूर्यगढीमा संस्थापन पक्षलाई संगठनात्मक रूपमा कडा चुनौती दिएको छ ।


शशांक कोइरालाको संयोजकत्वमा रहेको देउवा पक्षीय नेपाली कांग्रेसको वडा अधिवेशन वडा सभापति रामबहादुर प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य मञ्जु बुढाथोकी ढकालको प्रमुख आतिथ्यता तथा पूर्व जिल्ला कार्यसमिति सदस्य सन्तबहादुर घलेको विशेष आतिथ्यता सम्पन्न भएको थियो । अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूको सक्रिय उपस्थितिले नुवाकोटमा संस्थापक्षको नेतृत्व गरिरहेका परम्परागत शक्ति अर्जुननरसिंह केसी र बहादुरसिंह लामा पक्षलाई कडा रुपमा धक्का दिएको देखिन्छ ।


सूर्यगढीमा संस्थापन पक्षले यसअघि आयोजना गरेको वडा अधिवेशनमा अपेक्षित प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता जुटाउन कठिनाइ भएको अवस्थाकाबीच त्यसको पृष्ठभूमिमा देउवा पक्षले छुट्टै वडा अधिवेशन आयोजना गरी उल्लेख्य सहभागिता जुटाउनुलाई स्थानीय कांग्रेसभित्रको शक्ति समीकरणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।


सूर्यगढीमा इतर पक्षका नेताहरू सन्तबहादुर घले, मञ्जु ढकालसहितका नेताहरुको सक्रियताले नुवाकोट कांग्रेसको संस्थापन पक्षभित्र रहेका प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी र बहादुरसिंह लामाको प्रभावलाई समेत चुनौती दिएको चर्चा कांग्रेस वृत्तमा हुन थालेको छ ।

सुर्यगढीले कांग्रेसको १४ औं महाधिवेशनमा देखिएको उत्साहको झल्को दिन सफल भएको एक सहभागिताले नुवाकोट पुकारलाई बताए । उनले संस्थापनपक्षका १०।२० जनाले अधिवेशन गरेको आफूले देखेको समेत स्मरण गराए । अधिवेशनले पु्नः रामबहादुर प्याकुरेलको अध्यक्षतामा वडा कार्यसमिति गठन गरेको छ । अधिवेशनले उपसभापतिमा मालती तामाड. र शिव श्रेष्ठ,सचिवमा ज्ञानकाजी तामाड. र कपिल अधिकारी, सहसचिवमा निर्मला तामाड. र लक्षमी सुनारलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा मिना तामाड.,चन्द्र बहादुर तामाड., चन्द्ररेखा न्यौपाने,भरत त्याकुरेल,सुरेन्द्र घले रामबहादुर प्याकुरेल,तारा बहादुर पौडेल,हरि तामाड. अस्मिता तामाड.,रामचन्द्र तामाड., हरिनारायण तामाड.लाई चयन गरेको छ । यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा हरि नारायण तामाड.,बाबुरा पौडेल,किरण घले,तिलक तामाड. रामबहादुर प्याकुरेल शरण घले,रामचन्द्र तामाड. ,शिव श्रेष्ठ,सन्तबहादुर घले,कपिल अधिकारी,बाबुराम तामाड.,ज्ञानकाजी तामाड.,चन्द्रबहादुर तामाड.,लक्ष्मी सुनार,सुरेन्द्र घले, लोकनाथ पौडेल,आकाश तामाड., चन्द्रशेखर न्यौपाने र सुन्तली गरिी चयन भएका छन् ।


नुवाकोट कांग्रेसमा संस्थापन र इतर पक्षबीचको आन्तरिक प्रतिस्पर्धा वडा तहसम्मै स्पष्ट देखिन थालेका बेला सूर्यगढीको पछिल्लो गतिविधिले संस्थापनइतरपक्षलाई राहत दिएको महसुस भएको छ । यस्तै इतरपक्षको आयोजनामा बेलकोटगढी १०, बेलकोटगढी ६ , ८, ककनी ७ र ३ लगायत जिल्लाका करिब ४० भन्दा बढि वडामा बिहीबार एकसाथ उत्साहजनक रुपमा अधिवेशन सफल भएको संस्थापनइतरपक्षका नेता श्रीराम श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिए ।


देउवा पक्षले देशभर समानान्तर रूपमा वडा अधिवेशन अघि बढाइरहेको छ । असोज १५ गते मात्रै देशभर ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको देउवा पक्षको निर्वाचन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *