नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलकोटगढी नगरपालिका–११ मा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ।
असोज १५ गते सम्पन्न अधिवेशनले टीकाराम तामाङलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो। कांग्रेस क्षेत्र नं. २ को ‘क’ प्रदेश सभापति बैकुण्ठबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा वडाका क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो।
अधिवेशनले तामाङको नेतृत्वमा नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै पार्टीको निर्देशिकाबमोजिम क्षेत्रीय प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरेको जनाइएको छ।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै जनताको सेवामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
अधिवेशनबाट निर्वाचित वडा सभापति, कार्यसमिति तथा सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
एकता, संगठन, सेवा र समर्पणलाई प्राथमिकतामा राख्दै कांग्रेसको संगठन विस्तारमा नयाँ नेतृत्व सक्रिय हुने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्