नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बेलकोटगढी नगरपालिका–५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले दिपक लामिछानेको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपसभापतिमा रामप्रसाद भण्डारी र हिरामाया कामी, सचिवमा श्याम घिमिरे चयन भएका छन्। त्यस्तै, अधिवेशनबाट अर्जुनकुमार नेपाल, सागर लामिछाने, रोशन नेपाल, गिताबल्धव नेपाल, रामप्रसाद नेपाल, देवराज सुवेदी, सरिता थापा, केदार नेपाल, अम्बरबहादुर विक, रामकुमार भट्ट लगायत ३२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
अधिवेशनको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय प्रतिनिधि धुर्व अधिकारीले विशेष महाधिवेशनका कारण कांग्रेस वर्तमान अवस्थामा आइपुगेको उल्लेख गर्दै नियमित महाधिवेशनमार्फत पार्टीलाई पुनः एकताबद्ध बनाउनुपर्ने बताए।
वडा संयोजक दिपक नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस क्षेत्रीय सचिव धुर्व ढकाल, कांग्रेस युवा नेता शुकदेव दाहाल, प्रकाश ढुंगाना, सागर न्यौपाने तथा कांग्रेस दुईपिपलका पूर्व उपसभापति गिताबल्धव नेपाल लगायतले मन्तव्य राखेका थिए।
अधिवेशनमा सहभागी नेताहरूले संगठनलाई वडा तहदेखि थप मजबुत बनाउँदै पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्