नुवाकोट कांग्रेसमा कुइँकेलको उदय : केसी प्यानलका मुकुन्द पाण्डेलाई हराउँदै दिनेश पण्डित विजयी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १७, शनिबार १८:२५

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र ‘क’को सभापतिमा दिनेश पण्डित निर्वाचित भएका छन्।
पण्डितले २३८ मत प्राप्त गर्दै सभापतिमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी मुकुन्दप्रसाद पाण्डेले १८७ मत प्राप्त गरे।

पण्डित युवा नेता जगदीश कुइँकेलको प्यानलबाट उम्मेदवार बनेका थिए भने पाण्डे अर्जुननरसिंह केसी पक्षको प्यानलबाट प्रतिस्पर्धामा थिए।


पण्डितको जितसँगै नुवाकोट कांग्रेसको क्षेत्र नं. १ ‘क’मा कुइँकेल नेतृत्वको नयाँ समूहले आफ्नो प्रभाव देखाएको छ। केसी परिवारसँग निकट रहेर लामो समय राजनीति गर्दै आएका कुइँकेलले यसपटक अलग प्यानल निर्माण गरी प्रतिस्पर्धामा उत्रिएका थिए।


कुइँकेल प्यानलका उम्मेदवार पण्डितले केसी प्यानलका पाण्डेलाई ५१ मतान्तरले पराजित गरेका हुन्। यो परिणामलाई क्षेत्र नं. १ को कांग्रेस आन्तरिक राजनीतिमा कुइँकेल समूहको प्रभाव विस्तारका रूपमा हेरिएको छ। यद्यपि

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *