|
२०८३ आश्विन १७, शनिबार १८:५४
नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका–७ मा नेपाली कांग्रेस देउवा पक्षकाे १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन्ताेष लामालाई वडा सभापतिमा चयन गरेको छ।
अधिवेशनबाट निमा लामा उपसभापति, सुजन राइ सचिवमा विशाल लामा सहसचिवमा चयन भएका छन्।
त्यस्तै वडा कार्यसमिति सदस्यमा गोकुल लामा, अरुण अधिकारी, आशिष लामा, उमेश लामा, आशिष लामा, … लामा लगायत चयन भएको निर्णय पुस्तिकामा उल्लेख छ।
अधिवेशनमा वडा संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारका कामलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्