|
२०८३ आश्विन १७, शनिबार १९:०१
नुवाकोट — नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत बेलकोटगढी नगरपालिका–१० मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रमेश पाण्डेलाई वडा सभापतिमा निर्विरोध निर्वाचित गरेको हो।
अधिवेशनबाट वडा कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरिएको जनाइएको छ। स्थानीय तहमा पार्टीको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिलाई अघि बढाउने विषयमा समेत अधिवेशनमा छलफल भएको बताइएको छ।
वडा तहमा पार्टी संगठनको सक्रियता बढाउने, स्थानीय नागरिकका सरोकारका विषयलाई प्राथमिकतामा राख्ने तथा कार्यकर्ताबीचको समन्वयलाई सुदृढ बनाउने प्रतिबद्धता अधिवेशनमा व्यक्त गरिएको
नवनिर्वाचित सभापति पाण्डेले पार्टीको संगठनलाई थप मजबुत बनाउँदै सबै पक्षलाई समेटेर अघि बढ्ने बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्