ककनी–२ बाट डा. प्रकाशशरण महत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित, गंगाराम घिमिरे बने वडा सभापति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १७, शनिबार २०:३९

ककनी । नेपाली कांग्रेस ककनी गाउँपालिका–२ को १५औँ वडा अधिवेशन बिरुवामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्व सहमहामन्त्री एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत खुला सदस्यतर्फ क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।

वडा मतदान अधिकृतका अनुसार अधिवेशनमा सहभागी क्रियाशील सदस्यहरूको भेलाले विधानबमोजिम ३१ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूमध्ये डा. महत पनि खुला सदस्यतर्फबाट चयन भएका हुन्।

अधिवेशनले गंगाराम घिमिरेलाई सर्वसम्मत रूपमा वडा सभापतिमा निर्वाचित गरेको छ। घिमिरेको नेतृत्वमा १३ सदस्यीय वडा कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरिएको छ।

वडा सभापति कुमार गोतामेको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेश सदस्य अर्जुनप्रसाद म्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सयौँ क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो।

अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी दिनमा कांग्रेसको नीति, विचार र संगठन विस्तारमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *