शिवपुरी–५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, रविन्द्र पौडेल सभापतिमा सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १७, शनिबार २१:३२

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शिवपुरी गाउँपालिका–५ मा देउवा समूहको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले रविन्द्र पौडेलको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो।


अधिवेशनबाट उपसभापतिमा सिंहबहादुर तामाङ र निरमाया थापा, सचिवमा श्यामकुमार तामाङ तथा सह–सचिवमा ठाकुर थापा निर्वाचित भएका छन्।


त्यस्तै, खुला सदस्यमा प्रेम बल तामाङ, जयराम बुढाथोकी र कृष्णबहादुर तामाङ चयन भएका छन्। खुला महिला सदस्यमा गोमा मोक्तान र सीता थापा तथा दलित सदस्यमा रत्नबहादुर सार्की निर्वाचित भएका छन्। कार्यसमितिका अन्य सदस्यमा जीवन घले र कृष्ण थापा चयन भएका छन्।


कुनै पनि दाबी–विरोध नपरी सर्वसम्मत रूपमा वडा कार्यसमिति चयन भएसँगै शिवपुरी–५ मा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर सांगठनिक चहलपहल थप बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *