लिखु कांग्रेसका निवर्तमान र वर्तमान पालिका सभापतिको वडामा कांग्रेस देउवा पक्षको अधिवेशन , युवाको उत्साहजनक सहभागिता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १८, आईतवार ०९:०७


नुवाकोटको लिखु गाउँपालिका–५ मा नेपाली कांग्रेसको वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ। उक्त वडा निवर्तमान गाउँपालिका सभापति विनोद पाठक र वर्तमान गाउँपालिका सभापति धनञ्जय उप्रेतीको वडा हो।


भेलामा युवाहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको जनाइएको छ। कार्यक्रममा रामकुमार भण्डारी वडा सभापति र श्रीराम पनेरु सचिव चयन भएका छन्।


उक्त वडामा इतरपक्षका नेता तथा कार्यकर्तालाई भेलामा सहभागी हुन रोक्ने प्रयाससमेत गरिएको दाबी गरिएको छ। तर, त्यसका बाबजुद कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको एक क्रियाशील सदस्यले नुवाकोट पुकारलाई बताए।


अधिवेशनले नेपाली कांग्रेस केन्द्रीय समितिले निर्धारण गरेको कार्यविधिअनुसार क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको नवनिर्वाचित वडा सचिव श्रीराम पनेरुले जानकारी दिए।

उता निवर्तमान सभापति बिनाेद पाठकले संस्थापनपक्षकाे वडा अधिवेशन प्रति असहमति जनाउँदै कांग्रेस छाडेका घाेषणा गरेपनि पुन महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएको विषयमा धेरै कांग्रेसीले विगतमा उनकाे निष्ठा,समर्पण र साहसिक कदममाथि प्रश्न उठाएका छन्,कांग्रेसका एक क्रियाशिलले नुवाकोट पुकारसँग भने विनाेदजि जस्ता निष्ठा र इमानदारीताकाे राजनीति गर्नेहरुले इमानदारीतपासदँग पद साटेकाे लेख्दा अचम्म लाग्याे,राजनीतिमा नैतिकता र इमान बेच्न सक्ने मात्रै याेग्य हुने दिन आएछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *