|
२०८३ आश्विन १८, आईतवार १६:०५
नुवाकोट । नेपाली कांग्रेस (नियमित महाधिवेशन ) देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत विदुर नगरपालिका–५ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णराज न्यौपानेलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ।
कांग्रेसको कार्यविधिअनुसार अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिएको जनाइएको छ। अधिवेशन नेपाली कांग्रेस -२ क्षेत्रीय सचिव ध्रुव ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा कांग्रेस नेता प्रकाश ढुंगाना लगायतका नेताहरूको उपस्थिति रहेको थियो। साथै वडा क्षेत्रका क्रियाशील सदस्यहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक गतिविधिमा सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्