बेलकोटगढी–१३ मा नियमित महाधिवेशन पक्षधरबाट नानीमैयाँ लामा सभापतिमा सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १८, आईतवार २१:१७


नुवाकोट । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षकाे नियमित महाधिवेशन पक्षधरकाे आयाेजनामा १५औँ महाधिवेशनअन्तर्गत बेलकोटगढी नगरपालिका–१३ मा वडा अधिवेशन उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।


अधिवेशनले नानीमैयाँ लामा (तामाङ)लाई वडा सभापतिमा सर्वसम्मत चयन गर्दै नयाँ वडा कार्यसमिति गठन गरेको हो। पार्टीको निर्देशिकाअनुसार अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।


सहमति, एकता र संगठनात्मक मजबुतीलाई प्राथमिकता दिँदै सम्पन्न अधिवेशनले वडा नं. १३ मा नयाँ नेतृत्व र नयाँ ऊर्जाको सुरुवात गरेको कांग्रेस नेताहरूले बताएका छन्।


नवनिर्वाचित सभापति नानीमैयाँ लामा (तामाङ)सहित सम्पूर्ण वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


अधिवेशनले ‘एकता हाम्रो शक्ति, संगठन हाम्रो आधार र जनसेवा हाम्रो मूल उद्देश्य’ भन्ने भावनालाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ बनाउने सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *