प्याब्सन नुवाकोटको पहलमा बाढीपीडित दुई विद्यालयलाई ६ लाख १९ हजार राहत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार १९:३५

नुवाकोट । बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका नुवाकोटका विद्यालयको पुनःस्थापना तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले प्याब्सन नुवाकोटको आग्रहमा रु. ६ लाख १९ हजार राहत सहयोग प्रदान गर्नुभएको छ।

प्याब्सन नुवाकोटको समन्वयमा असोज १९ गते प्रदान गरिएको सहयोग रकममध्ये उत्तरगया पब्लिक बोर्डिङ स्कुललाई रु. ३ लाख १९ हजार र त्रिशूली सामुदायिक बोर्डिङ स्कुललाई रु. ३ लाख नगद उपलब्ध गराइएको हो।

विपद्को कठिन परिस्थितिमा ‘अप्ठ्यारोमा परेकालाई सहयोग’ गर्ने मानवीय भावनासहित गरिएको सहयोगले बाढीबाट प्रभावित विद्यालयको पुनःउत्थान तथा शैक्षिक गतिविधि सञ्चालनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसअघि पनि प्याब्सनको राहत सहयोग खातामार्फत रु. १ लाख ३० हजार सहयोग गरिसक्नुभएको थियो। बाढीपीडित विद्यालय तथा विद्यार्थीका लागि निरन्तर सहयोग गर्दै आएकाे सहयाेगी मनप्रति प्याब्सन नुवाकोटले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

विपद्को समयमा गरिएको यो सहयोग आर्थिक सहायता मात्र नभई क्षतिग्रस्त शैक्षिक संस्थाको पुनःनिर्माण र शैक्षिक क्षेत्रलाई पुनःसञ्चालन गर्ने अभियानप्रतिको ऐक्यबद्धताको उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *