नुवाकोटमा देउवा कांग्रेसको नयाँ अधिवेशन कार्यतालिका सार्वजनिक, पालिका कात्तिक ११ र जिल्ला अधिवेशन कात्तिक १५ गते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २०, मंगलवार १५:५८


नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत रोकिएका अधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेकाे छ ।

नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको कार्यालय, वीपी स्मृति भवन विदुरले जारी गरेको सूचनाअनुसार पालिका अधिवेशन कात्तिक ११ गते, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन कात्तिक १२ गते र जिल्ला अधिवेशन कात्तिक १५ गते गर्ने कार्यतालिका तय गरिएको हो।


जिल्ला कार्यसमितिको कार्यालयले यसअघि प्रकाशित अधिवेशन कार्यतालिकाअनुसार नै सम्बन्धित तहका अधिवेशन सम्पन्न गर्ने जनाएको छ।


सूचनामा नुवाकोट क्षेत्र नं. २ मा माथि उल्लेखित कार्यतालिकाअनुसार अधिवेशन सञ्चालन हुने जनाइएको छ। त्यस्तै क्षेत्र नं. १ मा भने असोज २० गतेदेखि कात्तिक ११ गतेभित्र प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने उल्लेख छ।
सूचना जिल्ला अधिवेशन कार्यतालिका संयोजक श्रीराम श्रेष्ठले जारी गरेका हुन्।


यससँगै नुवाकोट कांग्रेसमा बाँकी रहेका पालिका, प्रदेश/क्षेत्रीय र जिल्ला तहका अधिवेशनलाई नयाँ कार्यतालिकाअनुसार अघि बढाउने तयारी गरिएको छ। कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा नुवाकोटका केही तहमा अधिवेशनसम्बन्धी विवाद र समयतालिका प्रभावित हुँदै आएको अवस्थामा जिल्ला कार्यसमितिले नयाँ मिति सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *