कांग्रेस पदाधिकारीमा बागमतीबाट को–को छन् उम्मेदवार ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २१, बुधबार ०९:०७

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन अन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरेको छ । जारी महाधिवेशनका लागि तोकिएको कार्यतालिका अनुसार बुधबार बिहान उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । मंगलबार सम्पन्न मनोनयन दर्ताको कार्यक्रम अन्तर्गत विभिन्न पदहरूमा उम्मेदवारी दर्ता भएको थियो । जसमध्ये १३ जिल्ला रहेको बागमती प्रदेशबाट सभापति सहित पदाधिकारीमा उल्लेख्य मात्रामा उम्मेदवारी परेको छ । कांग्रेस सभापतिमा बागमती प्रदेश अन्तर्गतको काठमाडौँ जिल्लाबाट गगन कुमार थापा र श्यामकृष्ण खड्गीले मनोनयन गरेका छन् भने उपसभापति पदमा काभ्रेका मधु आचार्यले मनोनयन दर्ता गरेका छन् ।


महामन्त्री पदका लागि बागमती प्रदेशको मकवानपुरबाट २ जनाको उम्मेदवारी परेको छ । महिला क्लस्टर तर्फ एक महिला महामन्त्री पदका लागि मकवानपुरकी महालक्ष्मी उपाध्याय ९डिना० र रीता खनालको उम्मेदवारी परेको छ । खनाल विशेष महाधिवेशन पक्षधर हुन् भने डिना नियमित महाधिवेशन पक्षधर हुन् । लामो समय कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षमा रहेकी उनले केही समयअघि मात्र गगन पक्षमा खुलेर महाधिवेशनमा भाग लिएकी हुन् । खनाल यसअघि विभिन्न दल तथा अभियानमा सरिक हुँदै विशेष महाधिवेशन पछि पुनः कांग्रेस प्रवेश गरेकी हुन् ।

२ पुरुष महामन्त्री पदका लागि निवर्तमान सहमहामन्त्री बागमती प्रदेश अन्तर्गतको जिल्ला ललितपुरबाट उदय शम्सेर राणाले उम्मेदवारी दिएका छन् भने एक महिला सहमहामन्त्री पदमा काठमाडौंकी प्रतिमा गौतम र नानु मैया बास्तोला आमनेसामने भएका छन् ।


सहमहामन्त्री खुलातर्फ दोलखाका अजय बाबु शिवाकोटी, चितवनका दिनेश कोइराला, विकास कोइराला, धादिङका रमेश प्रसाद धमलाले उम्मेदवारी दिएका छन् । आदीवासी जनजाती क्लस्टरको एक सहमहामन्त्री पदका लागि नुवाकोटका बहादुर सिंह लामा काठमाडौंका प्रशान्त मान सिंह मास्के र दिलमान पाख्रिनले उम्मेदवारी दिएका छन् भने खस आर्य क्लस्टरको एक सहमहामन्त्री पदमा नुवाकोटाका अर्जुन नसिंह केसीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले प्रकाशित गरेको पहिलो नामावलीमा कुनै दाबी विरोध वा आपत्ति रहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । दाबी विरोधको प्रक्रिया सकिएपछि अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *